अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट


काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ ।

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेकाे छ।

१६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।