बिर्तामोड – अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैत २२ देखि २४ गतेसम्म हुने भएको छ ।
झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेको नेतृत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा शैक्षिक मुद्दा प्रतिवेदन लेखन समिति र महासचिव समिक बडालको नेतृत्वमा विधान मस्यौदा उपसमिति गठन गरेको छ ।
बैठकले माघ १० देखि २६ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय समेत अनेरास्ववियुले जनाएको छ । महाधिवेशनस्थल पोखरा प्रस्तावित गरे पनि निर्णय हुन बाँकी रहेको बताइएको छ ।









प्रतिक्रिया