अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशन : देव गुरुङद्वारा अन्तरिम विधान प्रस्तुत

माओवादी महाधिवेशन : देव गुरुङद्वारा अन्तरिम विधान प्रस्तुत


काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न शुरु गर्नुभएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा

(अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।

यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले करीब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान मस्यौदा प्रस्तुत गर्न थाल्नुभएको हो ।

यसअघि नै प्रतिनिधिलाई सो मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर  संशोधन गर्दै पारित गर्ने माओवादीले जनाएको छ ।