गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताउनुभएको छ ।
गुल्मी जिल्लाको मदाने गाउँपालिकास्थित जनज्योति क्याम्पस फुर्कोट दहको १३औं साधारण सभाको कार्यक्रममा सम्बोधन गर्दै विष्टले सो कुरा बताउनुभएको हो । ‘गठबन्धन टुट्यो भने त पार्टी पनि नरहने भएकाले सपनामा पनि गठबन्धनको देख्ने गरेका छन्’, सचिव विष्ट भन्नुहुन्छ– ‘एक्लाएक्लै एमाले पार्टीसँग चुनाव लड्ने आँट अन्य पार्टीसँग छैन ।’
आगामी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि निर्वाचनमा परास्त गर्छौं।’ मन्त्रीमण्डल विस्तार गर्नका निम्ति सय दिन लगाउने सरकारले जनताको समस्या र चाहानाअनुसार काम गर्न सक्ने कुरै भएन भन्ने तर्क उहाँले गर्नुभयो ।
शिक्षाको क्षेत्रमा जनज्योति क्याम्पसले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि सबै विद्यालयमा कम्प्युटर प्रदान गर्दै छौं ।’







प्रतिक्रिया