अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ

माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ


 

काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताउनुभएको छ। माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो ।

‘पार्टी जीवनमा गम्भीर समस्या छन् । व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ । अराजकता, सांस्कृतिक विचलन देखापरेको छ । वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पु¥याउन यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई माक्र्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले आएको भन्दै उहाँले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताउनुभयो ।