अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाइबहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो : शेखर कोइराला

भाइबहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो : शेखर कोइराला


विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताउनुभएको छ । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुग्नुभएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताउनुभयो।

कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उहाँको तर्क रहेको थियो ।

उहाँले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताउनुभयो । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उहाँले आफ्नै भाइबहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उहाँले बताउनुभयो । तपाईं निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उहाँले त्यस्तो नहुने जवाफ दिनुभयो ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गर्नुभयो ।