बिर्तामोड – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौरादह कृषि क्याम्पसमा अध्ययनरत विधार्थीहरुले प्रयोगात्मक शिक्षाका लागि आवश्यक पर्ने जग्गा-जमिन र उपकरणको व्यवस्था मिलाइदिन माग गरेका छन् । अध्यक्ष ओलीसँग कृषि क्याम्पसमा रहेको अनेरास्ववियुले उक्त माग राखेको हो ।
गौरादह कृषि क्याम्पसमा आयोजित कार्यक्रममा अनेरास्ववियुको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउदै प्रयोगात्मक अभ्यासका निम्ति जग्गा-जमिन, भेटेनरी संकाय अध्ययन गर्न भेटेनरी कलेज स्थापना, शैक्षिक तथा प्रशासनिक भवन र शिक्षक तथा कर्मचारी आवास निर्माणका आदि माग गरेका छन् ।
कृषि क्याम्पस २०७४ सालमा स्थापना भएको हो ।
प्रतिक्रिया