काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति प्रतिवेदन पेस गर्नुभएको छ । उहाँले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ ।
प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रतिवेदनमा उहाँले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याउनुभयो । उहाँले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।







प्रतिक्रिया