काठमाडौं – नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गर्नुभएको छ। उचारका क्रममा चीनको सेनजेनमा रहेका उहाँले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गर्नुभएको हो।
काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलसँग भेटवार्ता गरेका हुन् ।
झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी हुनुहुन्थ्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी गरेको बताउनुभयो ।
पुनका अनुसार नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।
वंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करीब तीन महिनादेखि पुन उपचारमा हुनुहुन्छ । जण्डिस दोहोरिएपछि नेता पुन १३ असोज १३ मा बैंककतर्फ लागेका थिए । उहाँको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।





प्रतिक्रिया