कैलाली – कैलालीमा हाइस गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका-१० बलियामा मंगलबार बिहान शुक्लाफाँटा यातायात प्रालिको बा ५ ख ८९०० नम्बरको गाडी दुर्घटना भएको हो ।
नेपालगञ्जदेखि महेन्द्रनगर आइरहेको उक्त हाइस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। सो हाइसमा सवार ८ जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइतेहरूको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ।






प्रतिक्रिया