अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्तेढुङ्गा गाउँपालिका–५ का वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुङ्गा गाउँपालिका–५ का वडाध्यक्ष श्रेष्ठको निधन


जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।

वि.सं. २०१५ असार ६ गते जन्मनुभएका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहनुभएको थियो । सिकिस्त अवस्थामा गत माघ–२८ गते शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी लगिएको श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जाने-आउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पु र्‍याइएको थियो । उहाँलाई अस्पतालमा लगिएपछि गत माघ २८ गतेदेखि वडासदस्य धनबहादुर राईले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

वि.सं. २०३२ मा एसएलसी उत्तीर्ण गर्नुभएका श्रेष्ठ २०३८ सालदेखि कांग्रेसको राजनीतिमा लाग्नुभएको थियो। वि.सं. २०४९ मा तत्कालीन चिसापानी गाविस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा कांग्रेस क्षेत्रीय सभापति, २०६२ मा मनोनित जिल्ला सदस्य, वि.सं. २०६७ को जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र वि.सं. २०७२ मा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

उहाँको आज नै नेवारी संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको आफन्तले जनाएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।