काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी बीच पार्टी एकीकरण भएको छ ।
राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।
नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी खोलेका माधव नेपालले माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण गरेका हुन् ।
महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेता एकीकृत समाजवादीमा समाहित भएका छन् ।













प्रतिक्रिया