मुगु – मुगुका आगलागी पीडितलाई नगद आर्थिक सहयोग गरिएको छ । कर्मथलो स्पेनको आलबिरमा बसोबास गर्दै आएका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल बोहराको अगुवाइमा मुगुका अग्निपीडितलाई नगद आर्थिक सहयोग गरिएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयको रोहबरमा अग्निपीडित आर्थिक सहयोग गरिएको जनाएको छ । आगलागीबाट पूर्णरुपले क्षति भएका सदरमुकाम गमगढीको तल्लो बजारका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको छ ।
आगलागीबाट पूर्णपुरले क्षति भएका १८ घरलाई प्रतिघर २० हजारका दरले सहयोग गरिएको समाजसेवी अक्कल बोहराले बताउनुभयो । त्यस्तै २४ जना व्यवसाय गरेर बसेकालाई प्रति घर ३ हजारका दरले र ३३ जना बहाल र अन्य पाँच जनालाई एक हजारका दरले सहयोग नगद सहयोग गरिएको बोहराले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक सुवास हमालद्वारा उक्त राहत वितरण गरिएको हो ।
प्रतिक्रिया