रौतहट – रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिनुभयो ।
मंगलबार ४:१० बजे जन्ती बोकेको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रवक्ता मल्लले बताउनुभयो । उक्त जीपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उहाँले बताउनुभयो । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताउनुभयो ।
उहाँका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया