अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात


काठमाडौं – काठमाडौंको पर्यटकीयस्थल चन्द्रागिरिमा हिमपात भएको छ । वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।

चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । यतिखेर चन्द्रागिरि क्षेत्र वरपर सेताम्य छ ।

आज मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।