अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु

कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु


रुपन्देही- कपिलवस्तुको बाणगंगामा भएको कार दुर्घटनामा साइन रेसुंगा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक अनुराग पाण्डेको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बाणगंगा नगरपालिका बुंचीमा भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते छन् ।

बा ६ च ११६४ नम्बरको कार सुरुमा ट्रकसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भइ यात्रुबससँग ठोक्किन पुगेको थियो । उहाँ बाणगंगा नगरपालिका पिपराका स्थायी बासिन्दा हुनुहुन्छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ ।