अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाको उच्च पहाडी क्षेत्रमा भारी हिमपात, सडक अवरुद्ध

धनकुटाको उच्च पहाडी क्षेत्रमा भारी हिमपात, सडक अवरुद्ध


धनकुटा – धनकुटाको उच्च पहाडी भेगमा हिमपात भएको छ। मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको छ। छथरजोरपाटी गाउँपालिकाको हलहले पटेक डाँडा, नुनथला, धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रे, तेह्रथुमको वसन्तपुर, तिनजुरे मिल्के जलजले डाँडा र गुफा पोखरीलगायत क्षेत्रमा भारी हिमपात भएको छ ।

हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातकै कारण सिँधुवा मास्तिरको नुनथला डाँडाहुँदै चित्रे, वसन्तपुरसम्मको सडक अवरुद्ध भएको छ । सो अवरुद्ध सडकलाई जेसिवी डोजरले खुलाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा नुनथलादेखि चित्रेसम्म यात्रुवाहक तथा ढुवानीका सवारी साधन अलपत्र परेका छन् ।

सिँधुवा र जोरपाटीका प्रहरी र ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटिएका छन् ।

यो पटक बेलैमा हिउँ पर्दा त्यस क्षेत्रका किसान भने खुसी भएका छन् । यति बेला किसानले साग, आलु, मटरकोसा खेती लगाएका छन् । हिउँ पर्दा तरकारी बालीलाई पर्याप्त सिँचाइ पुग्ने किसानहरुको भनाइ छ।