अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध


बलेवा – मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो। भारी हिमपातले मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।