अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान


भक्तपुर – सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ ।

भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिनबाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्रमार्फत खोप लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।