अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागलुङमा चुनावी सरगर्मीः प्रदेश कमिटी सदस्यदेखि मेयरसम्म दाबेदार

एमाले बागलुङमा चुनावी सरगर्मीः प्रदेश कमिटी सदस्यदेखि मेयरसम्म दाबेदार


बागलुङ– नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि अध्यक्षका आकांक्षीले भेटघाट र छलफल तीब्र बनाएका छन् ।

अध्यक्षका लागि प्रदेश कमिटी सदस्य हिराबहादुर केसी, एमाले उपाध्यक्ष कृष्ण पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र एमाले जिल्ला सचिव विष्णु भूसाल सक्रिय भएर लागेका छन् ।

युवासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएका केसी चितवनमा भएको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यको दाबेदार हुनुहुन्थ्यो । तर, सहमतिमा नेतृत्व चयन भएपछि केसीले दाबी छाड्नुभएको थियो । जिल्ला अध्यक्ष कार्यकारी पद भएकाले नेता केसीले पुनः भूगोल रोज्नुभएको हो ।

केसीसँगै उपाध्यक्ष पाठक, मेयर पौडेल र जिल्ला सचिव भूसालले आफ्नो दाबी यथावत् राख्नुभएको छ । सहमतिका लागि पनि प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

एमाले विधान अनुसार माथिल्लो पदमा निर्वाचित भएपछि तल्लो पद अनिवार्य छाड्नुपर्ने प्रावधानअनुसार अध्यक्ष रहेका र्इन्द्रलाल सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष पाठक कावा अध्यक्ष हुनुभएको थियो ।

जिल्ला अधिवेशनका लागि ६ सय ३ प्रतिनिधि रहनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा बिभाजन भए पछि एमाले बागलुङ जिल्ला कमिटीमा ५ हजार २ सय २६ जना पार्टी सदस्य कायम रहेको एमालेले जनाएको छ ।