अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने


काठमाडौं – माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।

माओवादीमा २९९ केन्द्रीय सदस्य चयन हुनेछ । जसमा पुरानो दोहोर्‍याएर नयाँ थप्ने तयारी भएको प्रवक्ता कृष्ण महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ । पदाधिकारी भनेपछि चयन गरिने नेताहरूले बताएका छन् ।