अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

अध्यक्ष प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत


काठमाडौं – नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ ।

बन्दसत्रमा समूहगत छलफलका क्रममा उहाँले प्रचण्डको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राख्नुभएको हो .

दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उहाँले फरक मत राखेको बताइएको छ। यस्तै सो समूहका केही प्रतिनिधिले लिखित सुझाव राखेको पनि बताइएको छ।