काठमाडौं – नेकपा माओवादी केन्द्रको राजधानीमा आठौं राष्ट्रिय महाधिवेशन जारी छ । बन्दसत्रमा विवाद शुरु भएको छ ।
नेता गिरिराजमणि पोखरेल र उहाँको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उहाँ लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो।
समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश-२ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो । सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको खुलासा गरेका छन् । गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्दसत्रमा उपस्थित हुनुभएको जनाएको छ ।






प्रतिक्रिया