अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ


काठमाडौं – नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ ।