अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सिन्धुपाल्चोकको सभापति बन्न प्रेमध्वज लामाद्वारा उपप्राध्यापकबाट राजीनामा

कांग्रेस सिन्धुपाल्चोकको सभापति बन्न प्रेमध्वज लामाद्वारा उपप्राध्यापकबाट राजीनामा


काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिनुभएको छ । उहाँले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उहाँले उपप्राध्यापकबाट राजीनामा दिनुभएको थियो । तर, उहाँको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताउनुभयो ।

हालै मात्र उहाँले विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो । उहाँले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन्।