अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी सदस्यले पुराण लगाउन र ‘रिप’ लेख्न नपाउने !

माओवादी सदस्यले पुराण लगाउन र ‘रिप’ लेख्न नपाउने !


काठमाडौं – नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा कसैको मृत्युमा श्रद्धाञ्जली दिदा लेखिने रिप (रेस्ट इन द पीस) लेख्न नपाउने भएका छन् ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुनेछ ।’

कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उहाँले बताउनुभयो । रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’