अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला अधिवेशन उदघाटन गर्न एमाले अध्यक्ष ओली २६ गते संखुवासभा आउने

जिल्ला अधिवेशन उदघाटन गर्न एमाले अध्यक्ष ओली २६ गते संखुवासभा आउने


संखुवासभा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस २६ गते संखुवासभा आउने हुनुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार जिल्ला अधिवेशन उदघाटनका लागि अध्यक्ष ओली संखुवासभा आउन लाग्नु भएको हो । संखुवासभामा ठूलो संख्यामा अन्य पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरुलाई सो दिन अध्यक्ष ओलीले स्वागत गर्ने कार्यक्रम रहेको गौतमले बताउनुभयो ।

अन्य जिल्लाको अधिवेशन पुस २३ गते भए पनि संखुवासभा हिमाली जिल्ला भएकोले २६ गते गर्न लागिएको हो ।