अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट पार्टीको सरकारलाई बचाउनुपर्ने प्रचण्ड र माधव नेपाल अरुसँग बिके : अध्यक्ष ओली

कम्युनिष्ट पार्टीको सरकारलाई बचाउनुपर्ने प्रचण्ड र माधव नेपाल अरुसँग बिके : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताउनुभएको छ । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल अरुसँग बिकेकाले कम्युनिष्ट सरकार ढलेको दाबी गर्नुभएको छ ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले, पार्टी विभाजन गरेकाले आफ्नो सरकार ढलेको स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले बताउनुभयो ।

बंगाल राज्य बचाउनु पर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको उहाँको भनाइ थियो ।

आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उहाँले दाबी गर्नुभयो । देशमा तीव्र विकास भइरहेकोमा त्यो देख्न नसकेरै विभिन्न शक्तिकेन्द्रले एमाले नेतृत्वको सरकार ढालेको उहाँको भनाइ थियो ।