अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेची महाकाली बुहारी आवाजद्वारा बिपन्न परिवारलाई सिरक वितरण

मेची महाकाली बुहारी आवाजद्वारा बिपन्न परिवारलाई सिरक वितरण


मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौं र हेड्स नेपालले कंचनपुर र मुगमा चिसोका कारण प्रभावित भएका व्यक्तिलाई सिरक वितरण गरेको छ ।

कर्णालीको उत्तरी भेग मुगु जिल्लामा अवस्थित विकट, दुर्गम र पिछडिएको हिमाली जिल्लाको रुपमा चिनिएको मुगुमा गरीबी र चिसोका कारणले पीडित भएका व्यक्तिलाई सिरक वितरण गरेको हो ।

मुगु जिल्लाका हेड्स नेपालका संयोजक अनिल बानियाँको हातमा हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको छ। उहाँले ‘उक्त जिल्लामा चिसोका कारण वर्षेनी सयौं मानिसले ज्यान गुमाउनु परेको खबर हामी माझ अवगत नै छ । सञ्चार, यातायात र स्वास्थको पहुँचबाट वञ्चित तथा हिमपात र अत्यधिक चिसोका कारणले बिरामीको संख्या पनि बढने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन पनि धेरै कष्टकर छ र सुविधा सम्पन्न अस्पतालको पनि व्यवस्था छैन’ भन्नुभयो ।

यसैगरी कंचनपुर जिल्लामा पनि चिसोका कारण धेरै मानिसहरु प्रभावित भएका छन् । सोही जिल्लामा पनि केही थान सिरक हेड्स नेपाल कंचनपुर जिल्ला संयोजक देवकी भट्टको हातमा पठाइएको कुरा मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंका सचिव रेखा थापाले बताउनुभयो । ‘संस्थाले चालेको सानो प्रयासलाई मूर्त रूप दिन आज सबैको प्रशंसनीय भूमिकाले हाम्रो टीमप्रति गौरवान्वित भएको छु’ उहाँले भन्नुभयो ।

हेड्स नेपाल र मेचीमहाकाली बुहारी संयुक्त आवाज अन्तर्गतका लाइन्स क्लबहरूको संयुक्त रुपमा उपस्थिति रहेको थियो । हेड्स नेपाल, मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौं र लाइन्स क्लबले  त्यहाँ लागेको खर्छ बेहोरेका छन् । हिजो १५ पुसमा ईश्वर चन्द बानियाँको प्रमुख आतिथ्य तथा अन्जिला श्रेष्ठको सभा अधक्ष्यतामा यसै संस्थामा सदस्य सुमना श्रेष्ठ र सेजल प्रधानको जन्मदिनको शुभ अवसरमा उक्त कार्यक्रम मेचिमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंको कार्यालय भवनबाट नै सम्पन्न गरिएको हो ।