अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन


विराटनगर – नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियुले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको २३औँ जिल्ला अधिवेशन पदाधिकारीविनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।

शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुङ्गाउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालले बताउनुभयो । उहाँका अनुसार २९ पुसमा बस्ने बैठकले अध्यक्षसहित अन्य पदाधिकारी टुगाउने भएको छ । एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारीसहित सबै सदस्य सर्वसम्मती बाटै गर्नेगरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताउनुभयो ।