अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवाद्वारा १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

सभापति देउवाद्वारा १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं – नेपाली कांग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,  विमलेन्द्र निधि,  विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नुभएको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको जनाइएको छ ।