अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले भूमिहिनको अधिकार खोस्ने काम गरेको छ : भानुभक्त ढकाल

गठबन्धन सरकारले भूमिहिनको अधिकार खोस्ने काम गरेको छ : भानुभक्त ढकाल


दाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले गठबन्धन सरकारले भूमिहिन सुकुम्बासीको जग्गा प्राप्तिको अधिकार खोसेको आरोप लगाउनुभएको छ ।

नेपाल भूमिहिन सुकुम्बासी संगठनको पाँचौ बैठकलाई शनिवार दाङको घोराहीमा सम्बोधन गर्दै स्थायी कमिटि सदस्य ढकालले ‘यो सरकारले भूमिहिन सुकुम्बासीलाई न्यायदिन सक्दैन’ उहाँले भन्नुभयो ‘ यो सरकारमा जनता प्रति कुनै उत्तर दायित्व छैन ।’

उहाँले वर्तमान सरकार परमादेशबाट गठन भएको भन्दै यसले जनमुखी काम गर्न नसक्ने दाबी समेत गर्नुभयो ।

उहाँले विगतमा एमालेको सरकारले राम्रो काम गरेको समेत चर्चा गर्नुभयो । ‘एमालेको सरकारले राम्रो र जनमुखी योजना ल्याएर काम थालेको थियो । तर त्यो देख्न नसकेर घेराबन्दी गरेर एमालेको सरकार हटाउने काम भएको हो’ स्थायी कमिटि सदस्य ढकालले भन्नुभयो ।

उहाँले भूमिहिन र सुकुम्बासीको जग्गा प्राप्तीको अधिकारमा पार्टी सधै अग्र मोर्चामा रहेर काम गर्ने समेत बताउनुभयो ।

नेपाल भूमिहिन सुकुम्बासी संगठनका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यतथा दाङ सहइन्चार्ज सिता न्यौपाने, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठनका सह इन्चार्ज कमल गौतम, नेकपाएमाले दाङका अध्यक्ष टीकाराम खडका र सचिव मनोहर बुढाथोकीले मनतव्य राख्नुभएको थियो ।

संगठनका उपाध्यक्ष लिला विकको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण संगठनका महासचिव इन्द्र तामाङले गरेका थिए । बैठकमा प्रदेशस्तरको रिपोटिङ लगायत अन्य विषयमा छलफल भएको थियो ।