नयाँ दिल्ली – भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आइतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।
भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ । दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ। यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।
त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् ।
– एजेन्सी
प्रतिक्रिया