अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट


पर्वत – नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२ औं बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो ।

यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट एकैदिन प्रतिनिधि छनोट गर्ने कार्यतालिकाअनुसार शनिबार सातवटै पालिकाका सबै वडामा भेला गरी प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको छ । एमालेका कार्यवाहक अध्यक्ष भक्त कुँवरका अनुसार अधिकांश वडामा सर्वसम्मतरुपमा प्रतिनिधि चयन भइसकेका र केही वडामा सहमतिको प्रयास जारी रहेको छ ।

अधिवेशन नजिकिँदै गएकाले नटुङ्गिएका वडामा पनि आजसम्म सहमतिमै प्रतिनिधि छनोट हुने उहाँको भनाइ छ । एमालेको बैठकले प्रत्येक ५० जना सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा महिलाका हकमा ४० जना बराबर एक-एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । यसबाहेक पालिका कमिटीबाट दुई-दुई र जनसङ्गठनबाट एक-एक प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ४०० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।