अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशन : बन्दसत्र सुरु

माओवादी महाधिवेशन : बन्दसत्र सुरु


काठमाडौं –  माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हलभित्र प्रवेश गरेपछि बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।

आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।