काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ५ हजार ९६२ नमुनाको पीसीआर परीक्षण गर्दा २१३ र १ हजार ६६९ जनामा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २८ हजार ९८६ पुगेको छ भने एन्टिजेनतर्फ ९६ हजार २४५ पुगेको छ। त्यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। अहिलेसम्म ११ हजार ५९६ कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४ हजार ७४७ जना होम आइसोलेसनमा छन्। त्यस्तै २२४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचाररतमध्ये ८३ जना आइसीयूमा छन् भने १९ जना भेन्टिलेटरमा छन्।
प्रतिक्रिया