संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर भोटखोला–५ का २३ वर्षीय पंखामान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताउनुभयो ।
चार जना साथीसँग काठ चिर्न जङ्गल गएका पंखामान बसेको कटेरोमा आगलागी हुँदा उनको मृत्यु भएको डीएसपी सुवेदीले बताउनुभयो । पंखामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताउनुभयो ।
साथीहरू फर्किएर कटेरोमा पुग्दा पंखामान जलेर मृत्यु भइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया