काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको टुंगो भोलि लाग्ने बताउनुभएको छ ।
नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने बताउनुभएको हो । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उहाँले भन्नुभयो, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करीब सहमति भइसकेको छ।
माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।






प्रतिक्रिया