अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज

माओवादीकाे नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज


काठमाडौं- नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीकाे पहिलाे बैठक आज साेमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय कमिटी घाेषणा गरिसकेकाे छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।