अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीको गृहजिल्लामा पृथ्वीसुब्बा गुरुङको चुनौती– एमालेसँग भिड्ने कोही छ ?

अध्यक्ष ओलीको गृहजिल्लामा पृथ्वीसुब्बा गुरुङको चुनौती– एमालेसँग भिड्ने कोही छ ?


झापा – एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कुनै पनि पार्टीले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको आठौं जिल्ला सम्मेलनलाई सोमबार झापाको गौरादहमा सम्बोधन गर्दै उपमहासचिव गुरुङले एमालेसँग प्रतिस्पर्धा गर्न अन्य दलले गठबन्धन गर्नुको विकल्प नभएकोसमेत बताउनुभयो । ‘एमालेसँग भिड्ने कोही छ त ?,’ गुरुङको चुनौती थियो ।

गुरुङले गठबन्धनले देश धान्न नसक्ने जिकिर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीका अगाडि प्रचण्ड र शेरबहादुर देउवा पुड्का सावित भएको समेत उल्लेख गर्नुभयो । उहाँले एमालेसँग माओवादी केन्द्रको तुलनै हुन नसक्ने उल्लेख गर्नुभयो । ‘एमाले नम्बरी सुन हो,’ उहाँको भनाइ थियो, ‘माओवादी सुन लगाउन चाहनेहरुले कानमा पित्तल झुण्ड्याएजस्तो मात्रै हो ।’

गुरुङले एमाले ठीक हुनका लागि प्रेस चौतारी ठीक हुनुपर्ने बताउँदै एमालेका गतिविधिलाई व्यवस्थित ढंगले बाहिर ल्याउन अपिल गर्नुभयो ।