अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक महिनामा ३० हजार मतदाता थप

एक महिनामा ३० हजार मतदाता थप


विराटनगर – फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।  गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्ने अभियान चलाएको थियो । अभियानअन्तर्गत मतदाता नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

नामावली सङ्कलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङ्कलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । उहाँले जिप्रका  र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको र  छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चारवटै स्थानमा नामावली सङ्कलनका भइरहेकाले  प्रत्येक राजनीतिक दलबाट  सहयोग एवं सहजीकरण गर्न आग्रह पनि गर्नुभयो ।एक महानगरपालिका सहित सत्रवटा पालिका र छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि छ लाख ६९ हजार मतदाता थिए ।