अर्घाखाँची–अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा (एकीकृत समाजवादी) छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तहमा निर्वाचना नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकी गौतमले पार्टी विभाजनपछि एकीकृत समाजवादी रोज्नुभएको थियो ।

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभामा उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गर्नुभयो । उहाँसहित पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गरे ।







प्रतिक्रिया