अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले टुङ्ग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)

एमालेले टुङ्ग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)


काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ ।

सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुवाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार उम्मेदवार बनाउने भएको छ ।

प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार उम्मेदवार बनाएको छ ।

यस्तै बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।

यसैगरी लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई उम्मेदवार बनाएको छ ।

यसैगरी कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने सचिवालयको बैठकले निर्णय गरेको छ।

सूदुरपश्चिमबाट खलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार उम्मेदवार बनाएको छ ।

१२ माघ हुनु निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।