अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित


काठमाडौं – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।