अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ।

आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताउनुभयो । पुन स्वास्थ्य उपचारका लागि चीनमा हुनुहुन्छ ।