अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए

हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए


ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन् ।

अन्दाजी ५०-५५ वर्षका लाक्पाटाँसी र उहाँका १४-१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फस्नुभएको थियो । चौँरी गोठ सार्ने क्रममा हिउँपहिराले बगाएसँगै उहाँहरू ओडारमा अल्झिएर बस्नुभएको थियो । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उहाँहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिनुभयो । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिनुभयो ।

समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फस्नुभएको थियो ।