काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा आएर दुईजना उम्मेदवार परिवर्तन गरेको छ ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार प्रदेश १ का खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन गरेको हो ।
प्रदेश १ का खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको हो । बराल मोरङका पूर्व सांसद पनि हुन् ।
यस्तै यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उम्मेदवार बनाएको थियो । उहाँको ठाउँमा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव विष्णु रिमालले बताउनुभयो ।







प्रतिक्रिया