म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२-३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेको जानकारी दिनुभयो ।
मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्नुहुन्थ्यो । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया