अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजावादी ट्याउट्याउ कराएर केही हुँदैन : बाबुराम भट्टराई

राजावादी ट्याउट्याउ कराएर केही हुँदैन : बाबुराम भट्टराई


इलाम – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गर्नुभएको छ ।

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भन्नुभयो ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’ मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गर्नुभयो । ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ’, उहाँले भन्नुभयो ।