अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुलीको अधिवेशन, अध्यक्षमा को-को छन् आकांक्षी ?

एमाले सिन्धुलीको अधिवेशन, अध्यक्षमा को-को छन् आकांक्षी ?


सिन्धुली- नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

जिल्ला अध्यक्षमा विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की ‘रामकुमार’ र कौशल कोइराला आकांक्षी हुनुहुन्छ ।

खड्कासिन्धुली क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लिएर अघि बढ्नुभएको छ ।

कटुवाल यसअघि नै जिल्ला अध्यक्ष हुनुभएको छ ।सिन्धुली क्षेत्र १ प्रदेशसभा ‘ख‘ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० मा एमाले को साताैँ जिल्ला अधिवेशनबाट अध्यक्ष हुनुभएको थियो ।

देवकोटा पनि पूर्वजिल्ला अध्यक्ष हुनुहुन्छ भने कार्कीसँग भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्षकाे अनुभव छ । कोइराला सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो ।